नियम २०
खेलकुद पूर्वाधार निर्माण
: (१) नेपाल सरकारले घोषणा गरेका ठूला तथा राष्ट्रिय स्तरका खेलकुद पूर्वाधारको निर्माण तथा मर्मत सम्भार मन्त्रालय आफैंले गर्न वा परिषद्मार्फत गराउन सक्नेछ।

(२) उपनियम (१) को अधीनमा रही परिषद्ले प्रत्येक प्रदेशमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेल प्रतियोगिता सञ्चालन गर्न सकिने अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको बहुउपयोगी खेलकुद पूर्वाधार निर्माण गर्न सक्नेछ।

(३) उपनियम (२) बमोजिम निर्माण गरेका खेलकुद पूर्वाधारको सञ्चालन, रेखदेख र संरक्षण परिषद्बाट हुनेछ। (४) परिषद्को स्वामित्वमा रहेका खेलकुदका भौतिक पूर्वाधार नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहबीचको आपसी समन्वय र सहकार्यमा परिषद्ले प्रदेश वा स्थानीय तहमा हस्तान्तरण गर्न सक्नेछ।

(५) परिषद्ले सार्वजनिक निजी क्षेत्रको: साझेदारी तथा लगानीमा खेलकुद पूर्वाधार निर्माणको, कुनै परियोजना कार्यान्वयन गर्दा मन्त्रालयको स्वीकृति लिई प्रचलित कानून बमोजिम कार्यान्वयन गर्न सक्नेछ।

(६) परिषद्ले मन्त्रालयको: स्वीकृति लिई सार्वजनिक, निजी, गैरसरकारी, सहकारी र सामुदायिक सङ्घ संस्थासँगको साझेदारी तथा लगानीबाट : खेलकुदको लागि आवश्यक पूर्वाधारको विकास गर्न र खेलकुद प्रतियोगिताको आयोजना, खेल सामग्रीको खरिद, खेल प्रशिक्षण, खेलाडी सचेतना तथा अन्य आवश्यक तालिम कार्यक्रम लगायतका खेलकुद क्षेत्रको विकास सम्बन्धी कार्य प्रचलित कानून बमोजिम गर्न सक्नेछ।